काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
महासचिव गौतमले यही मंसिर २४ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपति पौडेलले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।