मिसन ८४ बारे रवि लामिछानेको टिप्पणी : सबै मान्छे स्वर्ग जान चाहन्छन्, तर मर्न चाहन्नन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन दलशदेखि सत्ता र सत्ताको वरिपरि रहेका दलपनि मिसन ८४ भन्न थालेको उल्लेख गर्दै अहिले ‘मिसन ८४ मान्छे स्वर्ग जान चाहने र तर मर्न नचाहने’ जस्तै भएको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटीय कमिटी र संसदीय दलको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सभापति लामिछानेले मिसन ८४ को व्याख्या गर्ने क्रममा यस्तो टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्–‘भनिन्छ, सबै मान्छे स्वर्ग जान त चाहन्छन् । तर, मर्न चाहन्नन् । त्यस्तै भएको छ, मिसन ८४ को हकमा पनि । तीन दशकदेखि सत्ता र सत्ताको वरिपरि रहेका दलपनि मिसन ८४ भन्न थालेका छन् । जबकी, देशको आवश्यकत्ता र जनचाहना अनुसार काम गर्न उनीहरुलाई नयाँ जनादेशको खाँचो नै छैन् । उनीहरुले त अहिले नै रुपान्तरणसहित समृद्धिको मिसन चलाउन सक्छन् । तर, हाम्रै नक्कल गरेर मिसन ८४ भन्नुपर्ने बाध्यतामा छन् उनीहरु पनि ।’

उनले मिसन ८४ बारे केही व्याख्यासमेत गरेका छन् । उनकाअनुसार मिसन ८४ भनेको पार्टी विस्तार र सुदृढीकरण गर्ने अभियान पनि हो । यस अभियानमा हाम्रो एजेण्डाहरुको जानकारीसहित धेरैभन्दा धेरै नागरिकबीच पुग्न सक्नुपर्छ । यस्तै, मिसन ८४ भनेको पार्टीमा योग्य, क्षमतायुक्त र इमानदार उम्मेद्वारको दावेदारलाई भित्र्याउने र अगाडि बढाउने अभियान पनि हो । यसको अर्थ, यो अभियान आफूपछि हटेर भएपनि टिमभित्र स्वच्छ छवि, स्पष्ट भिजन भएको इमानदार र क्षमतावान मान्छे खोज्ने, रोज्ने र जिताउने अभियान पनि भएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार