लमजुङ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि पीडित पक्षले लमजुङ अस्पतालमा प्रदर्शन गरेका छन् ।पीडित पक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् ।पीडितको प्रदर्शनपछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवा प्रभावित बनेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारका क्रममा मृत्यु भएको हो ।अस्पतालमा नियमित जाँचमा रहेकी महिलालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो ।पीडित परिवारका अनुसार मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकालिएको थियो ।
सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार पौने ६ बजेतिर बेंसीसहरबाट चितवन मेडिकल कलेज लगिएको थियो ।