घरमै बन्धक बनेका दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

प्रसाईं नेतृत्वको अभियानले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने गरेको थियो । तर, सरकारले उनलाई घरमै प्रहरीद्धारा नजरबन्दमा राखेपछि उनले वारेसनामा मार्फत सर्वोच्चमा रिट हालेको रिट निवेदक डा.सुरेन्द्र भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार