मधेसको मुहार फेर्छु भन्ने नेताले आफ्नो र छोराछोरीको मुहार फेरे : सभापति लामिछाने

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरुलाई काठमाडौँमा घर बनाउने पैसा कहाँबाट आयो भनेर प्रश्न गरेका छन्। शुक्रबार वीरगञ्जमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

उनले जनता साहुको ऋण तिर्न नसकेर छट्पटाइरहँदा मधेसका नेताहरु भने हाछ्युँ आउँदा पनि महँगा अस्पतालमा गएर उपचार गराउने गरेको बताए।

‘आफूलाई खुंखार मधेसवादी भन्नेहरु आज आफूलाई हाछ्युँ आउदा पनि देशको महँगा अस्पतालमा कसको पैसाले उपचार गराउँछन् मलाई थाहा छैन,’ उनले भने, ‘कहाँबाट आएको पैसाले काठमाडौँमा पनि आफ्नो र लुकाइलुकाइ आफन्तको नाममा र विदेशमा समेत घर जग्गा व्यापार व्यावसाय कसरी जोडेका छन् मलाई थाहा छैन। तर, मधेसका जनता आज छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन नसकेर साहुको ऋण तिर्न नसकेर छट्पटाइरहेका छन्।’

मधेसको मुहार फेर्छु भन्ने मधेसका नेताले आफ्नो र छोराछोरीको मुहार फेरेको तर जनताको मुहार फेर्न भने नसकेको लामिछानेको भनाइ थियो।

रास्वपाले एक पटक बहुमतको सरकार बनाउन पाए संसारको जुनसुकै कुनामा लुकाएको कालोधनलाई बाहिर ल्याएर छाडने दाबीसमेत उनले गरे।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार