टिकटकको समर्थनमा किन नेता तथा दलहरु ?

काठमाडौं । नेपालमा चर्चित सामाजिक सञ्जाल टिकटक चलाउन प्रतिबन्द्ध लगाउने सरकारको निर्णय पछि सबै क्षेत्रका व्यक्तिहरुले यसबारे आफ्नो विचार सार्वजनिक गरिरहेका छन् ।टिकटकलाई आयआर्जनको राम्रो माध्यम अनि व्यक्तिगत क्षमता प्रदर्शनको राम्रो ठाउँका रुपमा धेरैले अ¥थ्याइरहेका छन् ।यस निर्णयलाई शीर्ष राजनीतिक दलका शीर्ष नेताहरुले नै विरोध गरिरहेका छन् ।

टिकटक प्रतिबन्द्धबारे कुन नेताले के भने त ?


सरकारले नेपालमा टिकटक प्रतिबन्द्ध लगाउने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा बहस शुरु भएका छन् ।
केही शीर्ष नेताहरुले त सरकारको यस निर्णयले लोकतन्त्रमा पाइने जनताको स्वतन्त्रता नै खोसेको अनि अधिकायकवाद हावी भएको टिप्पणी गरेका छन् ।


टिकटक प्रतिबन्द्धको निर्णयमा कुन नेताले के भने ?


नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले टिकटक प्रतिबन्द्धको निर्णयप्रति विरोध जनाएका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय गर्ने वित्तिकै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै लेखेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो ।
यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो ।यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।’


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् । सरकारको निर्णयबारे शर्माले सामाजिक सञ्जाल टीव्टरमा यस्तो लेखेका छन् ।
‘कलाकार जन्माएको छ, लाइभबाट कयौंले कमाएका छन्, व्यवसाय प्रवद्र्धन गरेका छन्’ ‘दुरुपयोग जो जसले गरे, तिनीहरुलाई निरुत्साहित र निणयन्त्रको विधि बनाउन तर टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर ।’
टिकटकमार्फत द्वेष फैलाउनेलाई पहिचान गर्न र कानुन बनाएर बन्द गर्न आफूहरुको पनि समर्थन हुने तर ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने ?’


नेकपा एमालेबाट पनि विरोध


नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पनि टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘जुम्रा प¥यो भनेर रोकथाम, नियन्त्रणको उपाय अवलम्बन गर्नुभन्दा टाउकै काटेर फ्याँक्न उद्दत भएजस्तो’ भएको उनले बताएका छन् ।


रास्वपाले ग-यो विरोध


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले विरोध गरेका हुन् । ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष?,’ उनले लेखेका छन्, ‘टिकटकका कैयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।’ टिकटकमा हाल्ने सामग्री फेसबुक इन्स्टाग्राममा पनि राख्न मिल्ने भन्दै त्यसलाई पनि बन्द गर्ने भन्दै उनले प्रश्न गरेका छन्।


राप्रपाले पनि ग-यो विरोध


राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले टिकटक प्रतिबन्ध गर्न लागेको प्रति आपत्ति जनाएको छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय अधिनायकवादको नयाँ अध्याय प्रारम्भ भएको टिप्पणी गरेका छन् । योे निर्णय अस्वीकार्य, आपत्तिजनक र दूर्भाग्यपूर्ण भएको समेत उनको टिप्पणी छ ।


यि त केही प्रतिनिधि नेतहरु मात्रै हुन् अधिकांश नेताहरुले टिकटकको नियमन आवश्यक भएको तर बन्द गर्नु जनताको स्वतन्त्रतामाथि मात्रै नभई उनीहरुको आयको स्रोत पनि खोस्नु भएको टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार