नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेशद्वारा निःशुल्क स्वास्थ्य शिविर

सप्तरी । जिल्ला सप्तरी सुरुङ्गा नगरपालिका वडा नं.२ स्थित श्री जनता आधारभुत विद्यालय कमलपुर, सप्तरीको प्राङ्गणमा सनिवार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

जिल्ला सप्तरी सुरुङ्गा नगरपालिका वडा नं.२ स्थित श्री जनता आधारभुत विद्यालय कमलपुर, सप्तरीको प्राङ्गणमा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशको आयोजना र मधेश प्रदेश प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत) रुपनी, सप्तरी तथा छिन्नमस्ता अस्पताल राजविराज, सप्तरीको सहयोगमा नेपाल प्रहरी श्रीमती संघ,

मधेश प्रदेशकी अध्यक्ष श्रीमती सरला भट्टराई र मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईको समुपस्थितिमा सुरुङ्गा नगरपालिका वडा नं. २ कमलपुर स्थित दुर्गम भेगमा बसोबास गर्ने अल्पसंख्यक, सिमान्तकृत तथा पिछडिएका समुदायलाई लक्षित गरि “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न भयो । 

उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय: राजविराजका समादेशक प्रहरी बरिस्ठ उपरीक्षक ईश्वर कार्की, सप्तरीका प्रहरी प्रमूख एसपी गजुसिद्धि बज्राचार्य, मधेश प्रदेश प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत) रुपनी, सप्तरीका कार्यालय प्रमुख डा. प्रहरी नायब उपरीक्षक बोध बिक्रम कार्की, सुरुङ्गा न.पा. वडा नं १ र २ का वडाध्यक्ष, श्री जनता आधारभुत विद्यालय कमलपुरका प्रधानाध्यापक, शिक्षक, मधेश प्रदेश प्रहरी अस्पताल, रुपनी र छिन्नमस्ता अस्पताल, राजविराजका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरु तथा सि.प्र.अ., जु.प्र.अ. लगायतका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ज्येष्ठ नागरिक, महिला, पुरुष, बालबालिका गरि जम्मा ४४१ जना सेवाग्राहीहरुको स्वास्थ्य जाँच गरी नि:शुल्क औषधि वितरण गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेश, जनकपुरधामकी अध्यक्ष सरला भट्टराईले सेवाग्राही तथा शिविर सफल पार्न उपस्थित सम्पुर्ण धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रममा शिविर सञ्चालन गर्न सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरीएको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार