एनआईसी एशिया बैंककाे मनाेमानी– ठगिए पत्रकार महासंघ काठमाडाैंका सचिव गाैतम

काठमाडाैं । नेपाल प्रेस युनियनका काठमाडाैं अध्यक्ष एवं पत्रकार महासंघका सचिव महेश गाैतमलाई एनआईसी एशिया बैंकले ठग्ने प्रयास गरेकाे पाइएकाे छ । पत्रकार गाैतमले एनआईसी एशियाले गर्न खाेजेकाे ठगीबारे मंगलबार पर्दाफास गरेका हुन् ।

पटक–पटककाे प्रयासबाट आफू बैंकबाट ठगिनबाट जाेगिएकाे उनले सामाजिक संजालमार्फत उल्लेख गरेका छन् । बाेल्न नसक्ने साेझसाझा नागरिक एनआईसी एशिया बैंकबाट ठगिन सक्ने भन्दै उनले सचेत पनि गराएका छन् ।

एनआईसीले ठग्न खाेज्दा आफूले पाएकाे सास्ती र आफ्नाे अनुभवबारे उल्लेख गर्दै पत्रकार गाैतमले भनेका छन्, ‘नबोल्दा ठगिने, बोलेर झगडा गर्दा तुरुन्तै पैसा फिर्ता हुने यहि हो प्रक्रिया ? म जस्तै कति ब्यक्ति यसै गरेर पिडित बन्नु भयो होला। आज बैंक गएर अनुभव गरेर फर्किएको छु । तपाईं पनि ख्याल गर्नु होला।’

पत्रकार गाैतमलाई कसरी ठग्न खाेज्याे एनआईसी एशियाले ?

पत्रकार गाैतम भदाै १५ गते राति ८ बजेर २ मिनेटको समयमा एनआईसी एशियाकाे इमाडोल कमलपोखरी नजिककाे एटीएम बुथमा पुग्छन् र एटीएमबाट पैसा झिक्न खाेज्दा चिट आउँछ, पैसा काटिएकाे म्यासेज आउछ तर पैसा आउँदैन ।

पैसा नआएपछी वरपर बैंककाे सुरक्षा गार्ड खोज्छन् तर गार्ड देखिँदैनन् । त्यसपछि बैंकमा सम्पर्क गर्दा २४ घन्टामा फिर्ता हुने आश्वासन आउँछ । तर २४ घण्टा कुर्दा पनि काटिएकाे पैसा फिर्ता आउँदैन ।

पर्सीपल्ट अर्थात् भदाै १७ गते फिर्ताका लागि निवेदन दिन्छन् । तर पट– पटक धाउँदा पनि प्रक्रियामा छ भनिन्छ पैसा फिर्ता भने हुँदैन । पटक पटकको धाउनेक्रम पछि बैंक भन्छ– तपाईँकाे पैसा तपाईँले छोडेर जानुभयो, अर्कैले लग्यो । तर त्याे कुरा पत्रकार गाैतमका लागि स्वीकार्य हुँदैन, किन भने पैसा काटिएकाे म्यासेज आएपछि लामै समय उनी एटीम बुथमा कुरेरै बसेका थिए । बैंकले बहना थप्छ– पैसा भुइँमा खसेको थ्यो, तपाईँले देख्नुभएन र तपाईँपछी अर्को ग्राहकले ट्रान्जेक्सन गरेर गएपछी बाटो हिँड्ने मान्छेले टिपेर गएको रहेछ ।

बैंककाे याे गैरजिम्मेवार जवाफपछि पत्रकार गाैतमले सीसीटिभी फुटेज माग्छन् । फुटेजबारे बृफिङ गर्दै बैंकले फैरि भन्छ उही उत्तर दाेहाेर्याउँछ । तर गाैतमका लागि स्वीकार्य हुँदैन । पुन: भिडियो फुटेज हेर्न पाउँ भनि माग गर्छन् ।

पटकपटककाे आग्रहपछि उनलाई भिडियो फुटेज हेर्न बोलाइने भनिन्छ, तर माथिको आदेश लिनुपर्छ भन्ने बहना बनाइन्छ र देखाइँदैन । माथिल्लो तहका हाकिमसँग गाैतमकाे फोनमा संवाद हुन्छ र भेट हुन्छ, सम्बन्धित विभागका कर्मचारीलाई बोलाइन्छ अनि छलफल हुन्छ ।

छलफलका क्रममा उही उत्तर– पैसा भुइँमा खसेकाे र तेस्राे व्यक्तिले टिपेर लगेकाे । पटक पटक उही उत्तर दाेहाेर्याएपनि गाैतमलाई फुटेज देखाइँदैन । अन्तिम समय (कार्तिक २१ गते मंगलबार)सम्म पनि भिडियो फुटेज देखाइFदैन, देखाउन नमिल्ने जवाफ आउँछ ।

अन्तत: मंगलबार एनआईसी एशियाकाे हेडअफिसबाट संवाद गरेर निस्किएको लगभग ५ घन्टापछि २ महिना अघिबाट ठग्न खाेजिएकाे गाैतमकाे रकम फिर्ता आउँछ । तर उनलाई भुइँमा खसेको भनिएको पैसाको फुटेज भने बैंकले देखाउन नसक्ने जवाफ दिन्छ।

‘यो बैंकको ठगी होइन? एटीएमको मेसिनको समस्या कि मेरो ? पैसा खसेकै भए पनि मैले मेरो फुटेज हेर्न बैंकले निवेदन माग गरेर निवेदन बुझाउँदा हेर्न पाउँने कि नपाउने ? म बैंकमा गएर हाकिम नभेटेको भए दुई महिनापछि ५ घन्टामा नै पैसा फिर्ता आउने थियो ? सबैको त्यो पहुँच हुन्छ ? अनि ग्राहकले म ठगिएं भनेर आफ्नो कारोबारको फुटेज माग्दा बैंकले ग्राहकलाइ देखाउनु पर्दैन ?’, पत्ररकार गाैतम प्रश्न छ ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02XnHkSGTV1PZSd6LR2nkA2mL1EGtZn1YXupnezVkiCGqQa1BWJiGjSLXMDC79CQ5Jl&id=100000384232510&mibextid=Nif5oz

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार