अदालतबाटै मिसिल र पेस्तोल चोरी भएपछि…


धनगढी । कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल र कटुवा पेस्तोल चोरी भएको छ ।अदालतको अभिलेख शाखाको ग्रील फोडेर पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पाँच वटा मोबाइल चोरी भएको हो ।

घटना आइतबार रातिको भए पनि चोरी भएकोबारेमा प्रहरीले सोमबार विहानमात्रै थाहा पाएको थियो । अदालत पसिरमा अगाडितिर प्रहरी पनि बस्दै आएको छ ।

प्रहरी सुरक्षा घेरामा रहेको अदालतभित्र पसेका चोरले अभिलेख शाखाबाट मुद्दाको मिसिलसहित कटुवा पेस्तोल र मोबाइल चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार