प्रधानाध्यापक साह मृत्यु प्रकरणको उचित छानविन गर्न माँग गर्दै राजमार्ग अवरुद्ध


गोलबजार । सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणको छानविनगरी दोषीमाथि कार्वाहीको माँग गर्दै परीवारजनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयामा सडक जाम गरेको छ।

सिरहाकै मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परीवारजनले उचित न्याय पाउनुपर्ने भन्दै मिर्चैयाको कटारीचौकमा सडकमा टायर बालेर अवरुद्ध गरेको हो। सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन्। प्रहरीले सडक क्लियर गराउने प्रयास भईरहेको जनाएको छ।

उनीहरुले घटनाको प्रकृति हेर्दा र भर्याङ्ग र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको आरोप लगाएको छ। साहका श्रीमती सहितका परिवार र स्थानीयले घटना सूनियोजित भएको आरोप लगाएको छ।

आज विहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीय सडक जाम गरेर बसेका छन्। उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएका छन्।

घटना स्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा त्यहाँका स्थानीयले गरेको व्यवहारले हत्या गरेको आशंका लागेको बताए। उनले भने, ‘घटनास्थलमा देखिएका गरतका डोभले र पासोको अवस्था हेदा झुड्याएको जस्तो देखिन्छ। यसको उचित छानविन हुनु पर्छ।’

प्रधानाध्यमपक साह हिजो आईतबार विहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ।

यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको सङ्केत गरेपनि अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले थप अनुसन्धान भईरहेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने सक्ने बताए।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार