साना र मझौला उद्योगहरूको आवश्यक प्रवर्द्धनमा जाेड दिनुपर्छ: राष्ट्रपति पौडैल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एसिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेसनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

साना र मझौला उद्योगहरूले रोजगारी सिर्जना गर्ने भएकाले आवश्यक प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपति पाैडेलले जोड दिए।

उनले दिगोपन भविष्यको आधारशीला रहेको भन्दै दिगो विकासका लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक रहेको बताए।

उनले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नुमात्रै नभएको भन्दै नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौति समाधान गर्ने सबैभन्दा बलियो आधार उद्यमशीलता भएको दाबी गरे।

व्यापार अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसले आर्थिक वृद्धिलाई मात्रै नभइ सीमापार सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताए।

उनले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न निजी एवं विदेशी लगानी कर्तालाई आह्वान गरे। उनले देशको कृषि, जलस्राेत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्राेत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न आवश्यक रहेको पनि बताए।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार