बुटवल । बुटवलबाट साढे ३ लाख रुपैयाँ बराबरका पटाकासहित एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ३ लाख ३७ हजार ९ सय ८१ बराबरको पटाकासहित बुटवल-५ का २१ वर्षीय सुरज गुप्ता पक्राउ परेका हुन् ।
बिक्रीका लागि बुटवल-६ सुन्दरनगरमा सुरज गुप्ताको घरमा भण्डार गरेर राखिएको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।