भूकम्पपीडितलाई सहयोग गर्दा ‘स्क्यामर वा एक्सप्लोइटर’ बाट सावधानी अपनाउनु : नेपाल प्रहरी

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि राहत र उद्धारका लागि अहिले विभिन्न व्यक्ति र संघसंस्थाले सहयोष घोषणा गरिरहेका छन्।

 

सहयोग घोषणा गर्नेको संख्या बढ्दै गर्दा प्रहरीले भने सावधानी अपनाउन आग्रह गरेको छ।प्रहरीले सहयोगको नाममा इन्टरनेटबाट हुने ‘स्क्यामर’ वा ‘एक्सप्लोइटर’हरुबाट सावधान रहन भनेको हो।


‘भूकम्प पीडितहरुलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, संघ संस्थाहरु आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीको ‘अलर्ट’ रहन आग्रह गर्दै भनेको छ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार