काठमाडौं । नेपालमा जारी टी-२० विश्वकप छनोटमा सहभागी खेलाडीलाई सर्टिङ सुटिङको व्यवसायमा राजधानीमा नाम चलेको मेरिना इम्पेक्सले पुरस्कारको घोषणा गरेको छ ।
इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतामा क्यानका कोषाध्यक्ष पदम बहादुर खड्का र मेरिना इम्पेक्सका प्रमुख कार्यकारी पवन खड्काले आज सम्झौता गरेका हुन् ।
सम्झौताअनुसार मेरिना इम्पेक्सले उच्च गुणस्तरका ४० जोर सुट क्यानलाई उपलब्ध गराउने छ । विगत ४१ बर्षदेखि सर्टिङ सुटिङको व्यवसाय गर्दै आएको इम्पेक्सले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।