हमासको हवाइ आक्रमणको कमाण्डर मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायली सेना (आईडीएफ) ले हमासको हवाइ आक्रमणको कमाण्डर हमासका वायुसेना प्रमुख असिम अबु रुकाबा मारिएको दाबी गरेको छ ।उनले अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएको इजरायलले दाबी गरेको छ ।

असिमकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल प्रवेश गरेका थिए।मारिएका भनिएका कमाण्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको इजरायलले दाबी गरेको छ ।


‘हिजो राति लडाइको क्रममा, आईडीएफ लडाकु विमानहरूले हमासलाई हवाइ आक्रमणको निर्देशन दिने असिम अबु रकाबालाई आक्रमण गरी मारेको छ’, इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समा एक सन्देश पोस्ट गरेको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार