काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् ।सापकोटालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय अध्यापन गराउनुका साथै त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य पनि हुन् ।सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका उनी यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरेका थिए ।सापकोटा पूर्व सभामुख अग्नि सापकोटाका छोरा हुन् ।
उनी यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा उप-कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यहाँ कार्यकाल सकिनासाथ उनी प्रधानमन्त्रीका सल्लाहकारमा नियुक्त भएका हुन् ।