उपत्यकाबाट १५ जना जुवाडे पक्राउ

 

काठमाडौं । प्रहरीले जुवा तास खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो।

 

प्रहरीले उनीहरूको साथबाट ८३ हजार ५० रूपैयाँ बरामद गरेको जनाएको छ ।त्यस्तै काठमाडौंको चन्द्रागिरी–१४ नैकापबाट ८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले एक हजार ८ सय ३५ रूपैयाँ नगद बरामद गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार