कुख्यात मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

लहान । सप्तरी प्रहरीले ठगी गरेको आरोपमा जिल्ला सप्तरी गा.बि.स. काचन वडा नम्बर -७ हाल बोदेवसाईन नगरपालिका -३ बस्ने धर्म देव यादवको छोरा अं.बर्ष ४० को मनिकलाल यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले यादवलाई राजविराजबाट पक्राउ गरेको हो ।

अनुचित लेनदेन तथा ठगी सम्बन्धि कसुर मुद्दा वारदात पऋाप फरार रहेको मनिकलाल यादवको नाउँमा सम्मानित सिरहा जिल्ला अदालतबाट मिति २०८०/०६/०१ गतेको पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेको यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाको जिम्मा लगाउने सप्तरी प्रहरीले जानकारी दिए ।

घरजग्गा राजीनामा पास गराउने, खाली चेक , किर्ते कपाली तमसुक बनाएर धाकधम्की दिँदै अकुत ब्याज असुल्ने र आपराधिक सम्पत्ति आर्जनमा लिप्त कुख्यात मिटर ब्याजी मनिकलाल यादव सप्तरी ,सिरहा र प्रदेश १ मा वर्षौँदेखि सक्रिय रहेको खुलेको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार