काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाजलाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो ।
न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । रिजालविरुद्ध चार वटा घुस र एउटा रकम हिनामिना सम्बन्धी कसुर गरेको आरोप लागेको थियो।
२०७६ माघ २० गते रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको थियो ।