लहान । कृषि फर्मको नाममा आर्थिक लेनदेनको विवादमा मुछिएका सञ्जिवकुमार साह र उनकी श्रीमती बबिताकुमारी साहले सिरहाको तत्कालिन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको चरित्र हत्या हुनेगरी दिएको अभिब्यक्तिले आफूहरूलाई पश्चताप लागेको भनेर भनेका छन् ।
प्राप्त समाचार अनुसार सिडियोलाई बदनाम गराउन सिडियो सावका विरोधिहरूको उक्साहटमा लागेर मिडियामा तत्कालिन प्रमुख जिल्ला अधिकारीले घूस रकम लिएको भनेर मिडियामा अभिब्यक्ति दिएको भनेर आफन्तहरूसँग पश्चताप गर्ने गरेको बताईन्छ ।
सञ्जिवले केहिदीन अघि केही मिडियामा सिडियो कवारीले ९ लाख घूस लिएको भनेर बताएका थिए । ‘उहाँ सँग भेटेर माफ माग्छु,’ सञ्जिव दम्पतिले नजिककाहरूसँग बताउने गरेकाछन् ‘मिडियाबालाहरूले पनि चर्चामा आईन्छ भनेर घूस लिएको भनेर बोल्न लगाए ।’
सञ्जिव निकटहरूले धेरै कमाउने महत्वकांक्षाले आफू बर्वाद भएको बताउने गरेको बताए । ‘सडकमा पुगेँ’ उनले बताउने गरेका छन् ।
मिटरब्याज पिडितको आन्दोलनमा सञ्जिवको ‘घुसपैठ’ !
यसैबिच आन्दोलनरत मिटर ब्याज विरूद्वको संघर्ष समिती, नेपालले आफूहरूको आन्दोलनमा घुसपैठ भएको जनाएको छ । संघर्ष समितीका संयोजक मनोजकुमार पासवानले एक प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याज पिडितको आन्दोलनमा घुसपैठ भएको भन्दै सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
अध्यक्ष पासवानद्वारा जारी विज्ञप्तिमा महोत्तरी जिल्ला भंगाहा स्थायि घर भई हाल सिरहाको धनगढीमाई नगरपालिका–४, निमचोकमा मोडल नेपाल कृषि फर्मका प्रोपाईटर बबिताकुमारी साह र उनका श्रीमान सञ्जिव साहले ब्यवसाय सञ्चालनको नाममा दर्जनौ ब्यक्तिहरूसँग लाखौँ रूपैयाँ फिर्ता नगर्ने र सापटी पैसा दिनेहरूलाई उल्टै बदनाम गराउने उदेश्यले आफूलाई मिटर ब्याज पिडित देखाउन गरिरहेको प्रयासप्रति मिटर ब्याज विरूद्वको संघर्ष समितिको गंभिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
काठमाडौंमा जारी मिटर ब्याज पिडितको आन्दोलनहरूमा फाट्टफुट्ट झुल्किने सञ्जिव दम्पतिले आफूहरूलाई मिटर ब्याज पिडित स्वरूप मिडिया स्टन्ट गरेर माओवादी केन्द्रका मधेश प्रदेश ईञ्चार्ज तथा पूर्व शान्ति तथा पुनः निर्माण मन्त्रि बिश्वनाथ साह लगायत नेताहरू, लेनदेनको बिषयमा परेको उजुरीको छलफलमा समन्वय गर्ने सिरहाका तत्कालिन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको चरित्रहत्या गर्ने अभिब्यक्ति दिएका थिए ।
सञ्जिवको यसखाले हर्कतको वास्तविक मिटर ब्याज पिडितहरूले व्यापक आलोचना गरेपछि संघर्ष समितीले प्रेसविज्ञप्ति जारी गरेर भत्सर्ना गरेको बताईएको छ ।