जनप्रतिनिधी र कर्मचारीकै मिलेमत्तोमा असारे विकासले मौलाउदै भ्रष्टाचार

सिरहा । पछिल्लो समय सिरहाका सबैजसो स्थानियतहहरुमा असारे विकासले तिव्रता पाएकोछ। वर्षको एघार महिना सुस्ताएर बसेका जनप्रतिनिधि, ठेकेदार कम्पनी, कर्मचारी र उपभोक्ता समितिलाई असारको मध्येयमा आएर भ्याई नभ्याई हो।

वर्षिभरी सुस्ताएर बसेका सिरहाको नरहा गाउँ पालिकाका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिलाई जोडतोडले असार मसान्त लागेको लागेको छ।

नरहा गाउँपालिका वार्ड नम्वर ५ पानवारी बलुवा टोलमा तीन वटा फरक फरक बाटो निर्माणगर्ने उपभोक्ता समिति बाटो आरसीसी ढलानको काम सुरुगर्ने तरखर गरेका छन्। वडाको आरसीसी ढलानदेखि नरहाको सीमानासम्मको उपभोक्ता समिति र स्थानीय बटो ढलानको लागि साधसीमाना मिलाउन व्यस्त छन्।

निर्माण समितिका अध्यक्ष काशिन्द्र प्रसाद यादवले कार्यादेश नै ढिलो गरी प्राप्त भएकोले काम अगाढी बढाउन ढिलो भएको जनाए। उनले भने, ‘पहिला विवादका कारण उपभोक्ता समिति गठन हुन सकेन, पछि समिति गठन भएपनि कार्यादेश असारको २ गते पछि बनेकाले काम समयमा सुरुगर्न नसकिएको हो।’

यो वडामामात्र नरहा गाउँ पालिका अध्यक्ष राम प्रमोद यादबको निर्देशित कोषबाट चालु आर्थिक वर्ष २०७९/८० बाट २० लाख रकम विनियोजन गरिएको छ।

त्यसैगरी, सोही वडामा डिहिवार थानदेखि साविक वार्ड नम्वर १ सम्मको सडक आरसीसी ढलानको कामले पनि गति लिन सकेको छैन । अध्यक्षको निर्देशित कोषबाट चालु आर्थिक वर्ष २०७९/८० बाट ५५ लाख रकम विनियोजन गरिएको छ।

स्थानीय रामकुमार यादवको अध्यक्षतामा गठित उपभोक्ता समितिले सडकमै रहेका केहीघरहरु समयमा हटाउन नसकेको कारण कामगर्न ढिलो भएको जनाएको छ। उपभोक्ता समितिका अध्यक्ष यादवले भने, ‘हामीले समयमै कामगर्ने प्रयास गरेपनि विवादकै कारण सुरुगर्न सकेनौं अव सवै विवादहरु साम्य भईसकेको छ। काम सुरु गरिहाल्छौं।’
समयले साथ दिए साता दश दिनमा काम सक्ने उनले जनाए।

सोही वडामा अर्को पनि १० लाख रुपैयाँ आरसीसी ढलानको लागि विनियोजन गरेको छ। त्यसको कामको अवस्था पनि उस्तै छ।

एउटै वडामा गाउँ पालिका अध्यक्षले तीन वटा योजनामा ८० लाख बजेट आरसीसी ढलानको लागि विनियोजन गरेको छ। जसमध्येय कुनै योजनाको मध्येय असार मध्येय सम्ममा गति लिन सकेको छैन।

सडक ढलानको लागी अपारदर्शी ढङ्गले उपभोक्ता समिति गठन गरेकाले समयमा काम सुरुगर्न नसकेको नाम नबनाउने सर्तमा एक स्थानीले बताए। उनले भने, ‘अपारदर्शी तरिकाले गाउँपालिका अध्यक्ष यादवले उपभोक्ता समिति गठन गर्न खोजेपछि विवादका कारण गठन हुन सकेन्, असार मसान्तमा जनतालाई दवावमा परेर समिति गठनगरी काम गर्न खोजिएको छ।’

वर्षातको समयमा गाउँपालिका अध्यक्ष यादवले रमक कुमल्याउन कै लागी आफ्ना नजिककाहरुलाई समितिमा राखेर असारको पहिलो साता कार्यादेश दिन लगाएको उनको आरोप छ।

समितिले साँध सीमाना छुटयाउन असारको मध्येय समयमा जेसीभी पनि सँगै ल्याएका थिए। स्थानियको विरोधका कारण ल्याइएका जेसीभी पनि फर्किएर गयो। विवाद भएपछि यो सडकको ढलान कार्य अझै अन्यौलमा परेको छ।

नरहा गाउँपालिकामा असार १५ गते सम्ममा करिव ३० प्रतिशत काम सम्पन्न भएको प्रावधिक शाखा प्रमुख इन्जिनियर राम कुमार यादबले जानकारी दिनुभयो । उनले भने, ‘अहिले सम्म करिव ३० प्रतिशत काम सम्पन्न भएपनि छ, ३५ प्रतिशत कार्य अन्तिम चरणमा छ, २० प्रतिशतले असारमा कार्यादेश लिएको छ। सवै काम सक्ने हो भने असार मसान्तसम्मका ८५ प्रतिशत काम सक्ने लक्ष्य छ।’
इन्जिनियर यादवका अनुसार १५ प्रतिशत कामको अहिलेसम्म सम्झौता र कार्यादेश नभएकाले त्यो बाहेक सवै काम सक्ने लक्ष्य अनुसार काम भईरहेको छ।

यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार जोसीले कार्याकारी अधिकृत नभएकाले पनि धेरै कामहरुले गति नलिनसकेको हो की भन्ने लागेको बताए। उनले भने, ‘जेष्ठको मध्येतिर यहाँकाअ प्रशासकिय अधिकृत सरुवा भएर जानुभयो। म आएका भर्खर एक महिना जति भएको छ। त्यसैले पनि कतिपय काममा समस्या भएको हुनसक्ने बताए।

समयमा काम सुरु नभएकाहरुको समयसीमाभित्रमा जति काम सक्छ त्यतिकैमात्र भुक्तानी दिने बताए। उनले भने, ‘अव सयम घर्किनै लागेको छ। कामगर्न दिएको समयसीमामा जती काम सक्छ त्यतिकै भुक्तानी दिनेगरी काम गर्न सवै उपभोक्ता समितिलाई जानकारी गराउँदै छौं।’

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार