भ्रष्टाचार रोक्ने हो भने प्रधानमन्त्री, मन्त्री र सचिवलाई ठिक ठाउँमा राख्नुपर्यो : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार रोक्ने हो भने प्रधानमन्त्रीलगायत मन्त्रीहरू र सचिवलाई ठिक ठाउँमा राख्नुपर्ने बताएका छन्।

आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार रोक्ने हो भने प्रधानमन्त्रीलगायत मन्त्रीहरू र सचिलाई ठिक ठाउँमा राख्नुपर्ने बताएका हुन्।

उनले भने, ‘भ्रष्टाचार रोकथाम गर्ने हो भने प्रधानमन्त्री ठिक ठाउँमा हुनुपर्‍यो, मन्त्री ठिक ठाउँमा हुनुपर्‍यो, सचिवलाई ठिक ठाउँमा राख्नसक्नुपर्यो। सबै ठिक ठाउँमा भए मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ। अहिले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार छ। भ्रष्टाचार रोक्न सबैभन्दा पहिलो दायित्व राज्य सञ्चालको हुन्छ।’

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार