ओलीको प्रश्न: ‘किन चाहियो समाजवादी मोर्चा ? ‘लिभिङ टुगेदर’ चलेकै छ त ?’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले चर्चामा रहेको एमाले बाहेकका दलहरुको समाजवादी मोर्चाको कुनै औचित्य नरहेको बताएका छन् ।

आज (शनिबार) पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाको दुई उद्देश्य रहेको बताए । उनका अनुसार माओवादीले कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्न मोर्चाको तयारी गरेको बताए ।

‘यो गठबन्धन सठबन्धन हुँदैगर्छ । अब गठबन्धन मात्र नपुगेर एउटा समाजवादी मोर्चा बनाउने अरे । समाजवादी मोर्चा किन बनाउने भन्दाखेरी एमालेसँग मुकाविला गर्नलाई । त्यसका दुईवटा उद्देश्य छ, एउटा एमालेसँग मुकाविला गर्ने, अर्को कांग्रेसलाई तर्साउने । समाजवादी मोर्चा बनाएर हुन्छ के ?’ प्रश्न गर्दै उनले भने, ‘किन बनाउने ? तिनै चिनिराखेका मान्छे हुन्, संगै हिँडिराखेका छन् । मोर्चा भनेपनि नभने पनि लिभिङ टुगेदर त चलेकै छ त ? के मोर्चा के नमोर्चा । खास वास्ता गरिरहनुपर्ने आवश्यकता छैन ।’

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार