नक्कली शरणार्थी प्रकरण : हाइप्रोफाइल सबै थुनामा, दुईजनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडाैंले दुईजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले १६ जनालाइ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे हाे।

टंककुमार गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा छाड्न भनिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत बाँकी १६ जनालाई जगन्नाथदेवल पठाउन आदेशमा भनिएको छ।

ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा ३० जनालाई प्रतिवादी कायम गर्दै सरकारी वकिलले १० जेठमा मुद्दा चलाएको थियो। जसमाथि २१ जेठदेखि थुनछेक बहस सुरु भएको थियो।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार