सिमेन्ट उद्योग दलदलमा

उदयपुर । जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०४४ सालदेखि सञ्चालनमा आएको उदयपुर सिमेन्ट उद्योग समस्याको दलदलमा फसेको छ ।

कर्मचारी युनियन, सञ्चालक समिति र व्यवस्थापन, पूर्व जिएमहरु आरोप प्रत्यारोपमा उत्रिँदा क्षमता र अवसर हुँदाहुँदै पनि नेपालकै उत्कृष्ट क्लिन्कर उत्पादन हुने आफ्नै चुनढुङ्गा भएको उदयपुर सिमेन्ट बन्द हुने बाटोमा अघि बढेको हो ।

 

राजनीतिक दल निकट पाँच कर्मचारी युनियनले महाप्रबन्धक गोपी न्यौपानेमाथि सिमेन्ट बिक्रीको करिब डेढ अर्बको हिसाब बुझाउन नसकेपछि कारखाना आउन छाडेको आरोप लगाएका छन् ।

 

न्यौपानेले महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछि भ्याट कट्टाबाहेकको करिब डेढ अर्ब रुपैयाँ बराबरको एक्काइस लाख ७२ हजार बोरा सिमेन्ट बिक्री भए पनि त्यसको हिसाबकिताब नदेखाएको कर्मचारी युनियनको आरोप छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार